विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले शनिबार विराटनगरका करिब दुई दर्जन जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । विराटनगर महानगरपालिका वडा न. ९ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथी रहनुभएका
डा. कोईरालाले करिब दुई दर्जन जेष्ठ नगरिकलाई दोसल्ला ,कदरपत्र र माला लगाएर सम्मान गर्नुभएको हो ।
कर्यक्रमलाई संम्बोधन गर्दै नेता कोईरालाले जेष्ठ नागरिकले जवानीमा विराटनगरका लागी ठुलो लगानि गरेको स्मरण गर्नुभयो । साथै डा कोईरालाले जेष्ठ नागरिकहरुलाई जम्मा हुने भवन निर्माण गर्न सके अझ राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले जेष्ठ नागरिकले मुलुकलाई योगदान गरेको उल्लेख गर्दै भविष्यका सन्ततीहरुले जेष्ठ नागरिकलाई सम्मान गर्ने सँस्कार सिक्न जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी विराटनगर महानगरकि उपप्रमुख ईन्दिरा कार्कीले सबै भन्दा ठुलो देवी देवता नै भगवान भएकाले जेष्ठ नागरिकलाइृ सम्मान गनु उत्तम भएको बताउनुभयो ।
त्यसैगरी समाजसेवी चिरन्जीवी रिजालले विराटनगर ९ ले सारै राम्रो काम गरेको बताउनुभयो । कार्यक्रम विराटनगर ९ का अध्यक्ष विश्वनाथ भगतको सभापतीत्वमा सम्पन्न भएको थियो ।