हिपमत डटकम

शुक्रबार, बैशाख ०३, २०७८ || 605  पटक पढिएको

काठमाडौं । वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्ण (८०९१ मिटर)मा भएको छ ।

शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् । सन् २०१९ पछि पहिलो पटक हिमाल आरोहण भएको हो ।

सन् २०२० मा भने कोरोना महामारीका कारण आरोहणका सबै गतिविधि स्थगित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!