झापा शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का १ जना सवार गम्भिर घाईते भएका छन् ।

आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सब घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई B&C अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो भने तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!