काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरे । चैत १८ मा ८ बर्षको बालकललाई टोकेपछि आफन्तले कुकुर मारेका थिए । ​

लामाको नाबालक छोरा बस्ने स्थानीय बुईमा तामाङको घर तोडफोड गरे । कौशिलाको छोरा कुटपिट र घर तोडफोडपछि धुलिखेल–४ स्थित २८ किलोका स्थानीयले तोडफोड गर्ने समूहलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् ।

यता, कुकुर मार्ने दुईजना पुरुषलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै जनावरप्रेमी संघ–संस्थाले बुधवार माइतीघर मण्डलामा आन्दोलन नै गरे ।

‘हामी कारबाहीको प्रक्रियामा छौं’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीसँग भने–‘जनावर सम्बन्धी काम गर्ने संस्थाहरुसँग कुरा भइरहेको छ ।’

चैत २९ मा जनावरप्रेमी सिर्जना पञ्जियार सहितको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारबाही गर्नका लागि प्रहरीमा उजुरी दिएका थिए ।

तोडफोड र बालकलाई कुटपिट गरेपछि प्रहरीले कुकुर मार्ने पक्षलाई पक्राउ गर्न पनि सकेको छैन । स्थानीयले ‘दोस्रो अति’ भएको भन्दै तोडफोड गर्नेहरुलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । प्रहरी दुई पक्षको दबाबमा परेको छ । कुुकुर मार्नेहरु फरार छन् । ‘कानुनी कारवाही गर्ने समयसीमा छ’ डिएसपी खतिवडा भन्छन्–‘कानुनले तोकेको समयभित्र कारवाही प्रक्रिया पुरा गर्छौ ।’ रतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!