हिपमत डटकम

बिहिबार, बैशाख ०२, २०७८ || 913  पटक पढिएको

जनकपुरधाम ।  जसपा निकटका नेताहरुले नयाँ वर्षमा हिन्दुहरुको चाड जुड शितल सिरुवा पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ शहिदनग ना।पाले यदुकूहामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

शहिदनगर युवा संघ द्वारा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा नगर युवा संघ कार्यालय शहिदनगर यदुकूहाको भठ्ठीचौकमा नियमित खोलेर विधिवत आज देखी सुचारु गरिएका छन् ।

शहिदनगर युवा संघ नगर अध्यक्ष रामचन्द्र चौरवारको अध्यक्षता र प्रमुख अतिथि धनुषा निर्वाचन क्षेत्र नं.२ का संघीय सांसद एवं जसपाका केन्द्रीय सदस्य र प्रमुख सचेतक उमाशंकर अरगरिया अतिथि जसपा केन्द्रीय सदस्य सत्यनारायण साह, विद्यार्थी केन्द्रीय महासचिव वरुण यादव ,जिल्ला नेता विनोद रोहिता,राम कुमार यादव,जसपा ( राजपा ) नगर अध्यक्ष राम बाबु मण्डल , नगर सचिव रामबृक्ष् दास , वडा अध्यक्ष नागेन्द्र मण्डल , युवा संघ नगर उपाध्यक्ष निशान्त मरिक,कोषाध्यक्ष राकेश चन्द्र मण्डल , पार्टी वडा अध्यक्ष सुशील साह लगायतका नेताकार्यकर्ताहरुले नयाँ वर्षको पहिलो बिहानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा तत्कालिन राजपा र जसपाका नगर,क्षेत्रीय र जिल्लाका नेताहरुका उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् ।

प्रमुख अतिथि सांसद अरगरियाले जसपाले हलो अडकाएको हो भने कांग्रेस नेतृत्व गरेर अगाडि बढन कस्ले रोेकेको छ ? तर्क गरेका छन् । जसपाको मांगहरु सम्बोधन गर्ने शक्तिहरुसंग अव नगदमा मात्र सम्झौता हुने उनको दावी छ । जसपाको पहिलो बटमलाईन मांग र मुद्दा नगदमा सम्बोधन हुनुपर्ने बताए ।

कार्यक्रमको आयोजक युवा संघ शहिदनगर नगर अध्यक्ष रामचन्द्र चौरवारले कार्यक्रममा सवैलाई बोलाएको दावी गर्दै नआउनेलाई समेत धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रम संचालक राजेश ठाकुरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!