हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 600  पटक पढिएको

बिराटनगर। खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय समिति विराटनगरले नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदानसहित कविगोष्ठी आयोजना गरेको छ ।

विराटनगरस्थित मञ्च सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–१ की सामाजिक विकासमन्त्री उषाकला राईले नयाँ वर्षले हरेक नेपालको जीवनमा सुख र समृद्धि ल्याओस् भन्दै शुभकामना व्यक्त गरिन् । उनले मुलुक आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढिसकेकाले निराश नहुन सबैलाई आग्रहसमेत गरिन् । मन्त्री राईले स्वदेशी वस्तुको प्रयोगसँगै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । नेपालमा अथाहा सम्भावना भएर पनि नेपालीहरु आर्थिक रुपमा कमजोर भएको उनको भनाइ थियो । प्रचुर प्राकृतिक स्रोत र साधन हुँदाहुँदै पनि मगन्ते हुनुपरेको मन्त्री राईले टिप्पणी गरिन् ।

कार्यक्रममा मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै मन्त्री राईसहित प्राज्ञ विवश पोखरेल, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, साहित्यकार बाबुराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीलगायतले मञ्चले प्रकाशन गरेको क्यालेण्डर विमोचन गरे । मञ्चले हरेक महिनाको पहिलो शनिबार नियमित रुपमा साहित्यिक कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको अवसरमा आयोजित गोष्ठीमा मधु पोखरेल, मीनकुमार नवोदित, बाबुराम पोखरेल, भरत गुरागाईं, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सविना श्रेष्ठ, लक्ष्मी रायमाझी, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, हेमन्त निरौला, नेत्र खतिवडा, शारदा कार्कीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मी, व्यवसायी तथा समाजसेवी तुलसी पोखरेल, मञ्चका अध्यक्ष मार्सेली, वरिष्ठ उपाध्यक्ष घनश्याम पोखरेल, सचिव स्वर्णकान्त दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!