हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 1055  पटक पढिएको

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै उत्तर प्रदेशमा १७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने छत्तीसगढमा १५ हजार र दिल्लीमा १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारत अमेरिकापछि विश्वमै सबैभन्दा धेरै कोरोनाबाट प्रभावित मुलुक हो ।

भारतमा कोरोना संक्रमण बढिरहेको भए पनि मेला तथा चुनावी प्रचारजस्ता भिडभाड हुने कार्यक्रम भने रोकिएको छैन । बुधबार भारतको उत्तराखण्डस्थित हरिद्वारमा तेस्रो शाही स्नान चलिरहेको छ । प्रहरी महानिरीक्षक सञ्जय गुन्ज्यालका अनुसार बुधबार बिहानै करिब ६ लाख ५० हजार मानिसहरुले गंगा स्नान गरिसकेका छन् । गंगा स्नान गर्नेको संख्या अत्याधिक भएकाले उनीहरुलाई जनस्वास्थ्यको मापदण्ड पालना गराउन नसकिएको गुन्ज्यालले बताए ।

त्यस्तै भारतका विभिन्न चार राज्यको विधानसभा निर्वाचन प्रचारको क्रममा राजनीतिक दलहरुले आयोजना गरेका सभा तथा र्‍यालीले पनि कोरोना संक्रमण बढाउन सहयोगी भूमिका खेलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!