हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 698  पटक पढिएको

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा असफल भएको जनाएका छन्। प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले नयाँ वर्षको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै २०७७ साल नागरिकका प्रति सर्वथा उदासीन रहन पुगेको उल्लेख गरेका छन्।

‘यसका बावजुद पनि नेपाली जनता लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहे,’ देउवाले भनेका छन्, ‘मुलुकमा फेरि पनि कोभिड १९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गर्छु।’

सात दशक लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमाथि प्रहार भइरहेको जनाउँदै कांग्रेस सभापति देउवाले त्यसको रक्षाका लागि सबैलाई आह्वान गरेका छन् । ‘संविधान कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न हामी सबैका लागि नयाँ वर्ष २०७८ प्रेरणादायी बन्न सकोस्,’ देउवाले भनेका छन्, ‘यो वर्ष विश्वले कोभिड १९ माथि पूर्ण रुपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!