मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रंगेली-६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।