हिपमत डटकम

मंगलबार, चैत्र ३१, २०७७ || 388  पटक पढिएको

विराटनगर, चैत्र-३१ गते । खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन् । सो आगो प्रहरी र स्थानियको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेती भएको छ । सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा-२, बाख्रा ८ वटा, खसी -४ वटा, पाठा-६ वटा, पाठी-२ वटा मृ, कुखुरा -११ वटा जलि मरेका छन् । मानबिय क्षेती नभएको सो आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!