देवानगंज गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्देशवर प्रसाद मेहताको दादागिरीका कारण स्थानियहरुले सोमवार वडा कार्यलाय घेराउ गरेको थियो । वडा अध्यक्ष मेहताको ताना साही प्रवृति विरुद्ध स्थानियहरु आन्दोलित भएको छ ।
देवानगंज गाउँपालिका वडा नं. ४ मा प्लान नेपालले वितरण गरेको राहतमा वडा अध्यक्ष मेहताले एकलौटी निर्णय गरेको को बिरुद्धमा सोमवार वडा कार्यलायमा स्थानियहरुले प्रदर्शन गर्दै चर्को नारा बाजि समेत गरको थियो । वडा अध्यक्ष मेहताले दलित, गरिब र अति बिपन्न परिवारको नाममा आएको राहात आफ्नो आसेपासे र हुनेखाने हनुमाहरुलाई मात्र रहात वितरण गर्दा वास्तवित राहत पाउनु पर्नेले राहत नपाउदा स्थानियहरु वडा कार्यलाय घेराउ गरि तिन घण्टा सम्म प्रदर्शन गरेको थियो ।
स्थानिय अनिता देवी मण्डलका अनुुसार वडा अध्यक्ष मेहताले आफुु खुुशि गरको र म जस्तो दैनिक मजदुरी गरि खानेहरुलाई राहत दिनु पर्नेमा हुने खानेलाई मात्र राहत दिएको प्रति आक्रोस व्यत गर्नु भयो ।
यता आफुुलाई श्री ५ ठान्ने वडा अध्यक्ष चन्देशवर प्रसाद मेहता संग नागरिक अभियानको टोलिले सम्र्पक गर्न खोज्दा वडा अध्यक्ष मेहता लाजले समर्पक आउन चाहनुु भएन आफुुलाई स्वक्ष छविको रूपमा दिदै आएका वडा अध्यक्षको दागिरी र हैक्म बाजी प्रवृति सचिन र सम्बधित निकायले यसको छानविन गरि जन्तालाई नियाय दिन जरुरी समेत देखिन्छ ।