हिपमत डटकम

मंगलबार, चैत्र ३१, २०७७ || 526  पटक पढिएको

ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ।

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो।

गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर ढकालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक शेखर खनालले दिएको जानकारीअनुसार घटनास्थलमा प्रहरी पुगेको छ।

‘ट्युसन पढ्न विद्यालय गएका विद्यार्थी ढकालको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने।

चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!