हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 832  पटक पढिएको

विद्युतीय सवारी चार्ज गर्नका लागि देशभर ५० वटा चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिने भएको छ।

एक वर्षभित्र चार्जिङ स्टेशन बनाउने गरी चिनियाँ कम्पनी स्टार चार्ज (जियाङसु जोङदोङ न्यू इनर्जी) र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गरिने विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए।

‘चिनियाँ कम्पनीसँग भोलि मंगलबार सम्झौता गर्ने भनिएको थियो। केही कागजपत्र पुगेको छैन। कागजपत्र पुगेपछि तुरुन्त सम्झौता भइहाल्छ,’ प्रवक्ता तिमल्सिनाले भने।

सम्झौताको प्रकृया लगभग सकिएको छ। अब हस्ताक्षर हुन मात्रै बाँकी रहेको उनको भनाइ छ।

सम्झौताको १ वर्षभित्र सबै चार्जिङ स्टेशन बनाइ सक्नु पर्नेछ। काठमाडौं, विराटनगर, धरान, विरगञ्ज, पोखरा लगायत देशका मुख्य सहरहरु र पूर्वपश्चिम राजमार्ग लगायत स्थानहरुमा चार्जिङ स्टेशन बनाइनेछ।

 

विद्युत प्राधिकरणका अनुसार चार्जिङ स्टेशनको विद्युतीय क्षमता १४२ किलोवाट रहने छ। डिसी र एसी गरी दुई प्रकारका चार्जिङ स्टेशन रहने छन्। चार्जिङ स्टेशन निर्माणका लागि ३६ करोड लागत लाग्ने प्रारम्भिक अनुमान छ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!