ईटहरी/ किताबी ज्ञान भन्दा फरक र भित्री कला तथा प्रतिभा देखाउने एउटा उत्तम ठाउँ बनेको छ सौन्दर्य प्रतियोगिता । युवा तथा किसोरावस्थाका ब्यक्तिहरुमा गरिने यस्ता शोका आयोजकहरु पछिल्लो समया बालबच्चा तर्फ पनि केन्द्रित छन् । प्रदेश १ कै कुरा गर्दा २ वर्षको अवधिमा बालबच्चालाई लिएर सौन्दर्य प्रतियोगिता दर्जनको हाराहारीमा भैसकेको छ । सोही प्रतियोगिताहरु बिचको एउटा बिजेता नाम हो रोजिका सिटौला ।
उनी पुर्वान्चल लिटिल स्टार २०१९ सिजन २ कि बिजेता हुन । यस्तै उनी २०१९ मै सम्पन्न ‘लिटिल मिस झापा’को पनि बिजेता हुन् । एकै वर्ष उनले २ सौन्दर्य प्रतियोगिताको ताज पहिरिईन । उनको सौन्दर्यता संगै बौद्धिकताको पनि चर्चा छ । सानै उमेरमा ठूलो सोचका साथ आफ्नो भबिष्य निर्धारण गर्न उनलाई परिवारका सदस्यको पनि साथ र सहयोग छ । परिवारमा बुवा नर प्रसाद सिटौला, आमा टीका सिटौला, बहिनी कृषिका सिटौला र उनी गरि ४ सदस्य छन् । बि.सं २०६३ सालमा झापा जिल्लामा जन्मिएकी उनी यतिबेला १४ वर्षकि भईन् ।
नेपाली सिनेमा उधोगको सफल र लोकप्रिय अभिनेत्री बन्ने सपना बुनेकी सिटौलाको समाजसेवा गर्दै समाज परिवर्तनका लागि कोसेढुङा बन्ने चाहाना रहेको उनी बताउछिन् । झापाको कन्चनजंघा बोर्डिङ स्कुलको कक्षा ९ मा अध्ययनरत सिटौला सो स्कुलका प्रीन्सिपल गुरुभक्त न्यौपानेले यस्ता अतिरिक्त क्रियाकलापहरु गर्नमा प्रेरित गरेको बताउछिन् । उनलाई यात्रा गर्न र नृत्य गर्न खुबै मनपर्छ ।
मिठासपुर्ण बोली संगै हसिलो मुहार, मिलेको शारीरिक बनावट र सरल ब्यक्तित्वकी धनी रोजिका मान्छेमा रहेको गतल सोचलाई हटाउन तथा उदाहरणीय काम गरेर आफ्नो आमाबुबालाई गर्व महसुस गराउन चाहन्छिन् । उनलाई मनपर्ने नायक पल शाह र नाजिर हुसैन हो भने मनपर्ने नायिका प्रीयंका कार्की हो । यी ३ नायकनायिकाको अभिनय उनलाई रियल लाग्छ । यता महानायक राजेश हमाललाई भने उनी आफ्नो प्रेरणाको श्रोत मान्छिन् ।