सुनसरी । सुनसरी धरान १० का २६ बर्षीय दिनेश खड्कालाई प्रतिबन्धी औषधी सहित पक्राउ गरिएको छ । आज बिहान ९ बजे धरान ६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी CETADOL 344 क्याप्सुल र SPASPAIN 333 क्याप्सुल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको सो कार्यालयले जनाएको छ ।