मोरंग काे रंगेली नगरपालिका ७ मा रहेको अस्थाई ट्राफिक चेकपाेष्ट ले भरतिय नम्बरका सबारी साधन हरु माथि कडाइ गर्ने थालेको छ ।
पछिल्लो समयमा कानेपाेखरी देखि रंगेली काे बाेडर सम्म सडक कालाे पत्रे भए पछि भारतिय माेटरसाईकल हरु रंगेली ,डाईनियाँ , कर्सिया रामचाेक क्षेत्रमा बडि मात्रामा आवतजावत हुन थाले पछि ट्राफिक प्रहरी हरुले उक्त माेटरसाईकल हरु काे निगरानी बडाउन थालेको छ । भारत बाट नेपाल भित्रएकाे माेटरसाईक चालक हरुले हेल्मेट बिनै नेपाल आउने र गाडीको कागजात समते नलिकन आउने र साेहि माेटरसाई ले नेपाल मा दुर्धटना गरेर पुनः भारत तर्फ भाग्ने गरेका कारण ले गर्दे पछिल्लो समयमा ट्राफिक उक्त सबारी साधन हरु लाई नियन्त्रणमा लिन सुरु गरेको छ ।
रंगेली ट्राफिक चेक पाेष्ट ले भारत बाट नेपाल भित्रिएका ११ बटा माेटरसाईकल लाई नियन्त्रणमा लिएर कार्वाही समेत गरेको छ । प्रहरीले सवारी काे बिल वुक , लाईसन्स, र हेल्मेट बिनै सावरी चलाउने लाई कार्वाही गरेको हाे । प्रहरी पहिलोपटक का लागि सम्झाई बुझाई गरेर न्युनतम १ हजार रुपैयाँ प्रतिगाेटा का दरले राजश्व लिएर छाडेकाे अस्थायी ट्राफिक चेक पाेष्ट का ईन्चार्ज निलमणि पाेख्रेल ले बताए ।