हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 498  पटक पढिएको

कोभिड–१९ पछि पहिलो पटक विदेशी पर्यटक आगमनमा आशालाग्दो सुधार देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार गत मार्चमा मात्र १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको चैतयताकै सबैभन्दा धेरै हो ।

त्यसो त हिउँदे सिजन अर्थात् हिमाल आरोहणको सिजनकै कारण पनि पछिल्लो समय पर्यटन आगमन बढेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार सन् २०२१ को हिउँदे सिजन मार्च २ देखि अप्रिल ६ सम्ममा ३०३ जना आरोहीले विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका छन् ।

कुल ३७ टिममा आएका उनीहरुले विभिन्न समयमा विभिन्न हिमाल आरोहणको स्वीकृति लिएको विभागले जनाएको छ ।

सोबाट मार्चमा मात्र कुल २३ करोड ६३ लाख १ हजार ६९९ रुपैयाँ अर्थात् २ लाख २६ हजार ३ सय अमेरिकी डलर राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!