जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए । उनले गृहजिल्ला गोरखा पुगेर अविश्वासको प्रस्ताव कसरी आउँदैछ भन्ने समेत उल्लेख गरे ।

बाबुरामको भनाई अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी मात्र नभई नेकपा एमालेको एक पक्षको साथ र सहयोगमा अविश्वासको प्रस्ताव अघि बढ्दैछ । एमालेको एक पक्ष भनेको माधवकुमार नेपाल समूह हो ।

सरकारको नेतृत्वको लागि काँग्रेस, माओवादी र जसपाको पनि दाबी हुने उनले खुलाए । तर, तीनै दलबीच सहमति बन्ने विश्वास व्यक्त गरे ।

जसपा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा कुनै सत्यता नभएको बताए । ओलीले अर्को पार्टीभित्र खेलेर सरकार टिकाउन खोजेको आरोप लगाए । सभार :- रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!