भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ ।
आज बिहान ८ बजे धनकुटा पाख्रिवास -३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिची घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।