हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 505  पटक पढिएको

कोरोनाभाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।

दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।

राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।

मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन गर्ने सोच नबनाएको बताएका थिए।

‘अहिलेको अवस्थाअनुसार हामी लकडाउन गर्दैनौं। हामी नजिकबाट यो अवस्थालाई नियालिरहेका छौं र त्यस्तो निर्णय जनतासँगको सल्लाह पछिमात्रै गरिनेछ,’ उनले पत्रकारहरूसँग भनेका थिए।

 

सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!