५ कक्षा पढ्दै थिइन्। उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्।

विवाह भएको एक वर्षपछि आमा बनिन्। छोराकोआसमा सरस्वतीले२० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन्। चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो।

तर तीन वर्षअघि सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव हुँदा उनले ज्यान गुमाइन्। सरस्वतीजस्तै कर्णालीमा सानै उमेरमा विवाह गर्ने र जोखिमपँर्ण रूपमा आमा बन्नेको संख्या अन्य प्रदेशभन्दा धेर छै । आर्थिक वर्ष २०७४ देखि २०७५/७६ सम्मको तीन वर्षमा ४१ हजार किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका कर्णाली प्रदेश सरकारको तथ्यांक छ ।

यही अवधिमा प्रदेशभर २ लाखभन्दा बढी बालिकाको विवाह भएको छ । सानैमा विवाह गर्नुपर्ने पारिवारिक र सामाजिक दबाबका कारण धेरैको ज्यान जोखिममा परिरहेको जुम्लाकी किशोरी मनीषा नेपालीले बताइन्।

‘चाँडै विवाह नगर समाजले गलत तरिकाले हेर्छ,’ उनले भनिन्, ‘घरको आर्थिक स्थिति पनि कमजोर हुँदा सानै उमेरमा विवाह गर्नुपर्ने बाध्यता छ ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!