हिपमत डटकम

सोमबार, चैत्र २३, २०७७ || 586  पटक पढिएको

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले सोमबार संयुक्त रुपमा राजीनामा दिँदैछन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन थियो । पार्टी निर्देशनअनुसार संयुक्त रुपमा राजीनामा दिने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘एमालेका तर्फबाट मन्त्री भएका तीनैजनाले सामूहिक राजीनामा दिने तयारी गरेका छौं, सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता गर्ने निर्णय गरिसकेको छ,’ मन्त्री ज्वालाले  भने, ‘आजै नै राजीनामा दिनेगरी छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका नेता मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!