हिपमत डटकम

सोमबार, चैत्र २३, २०७७ || 730  पटक पढिएको

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ प्रति तोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार यस्तो सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँ गिरावट भएको हो ।

सोमबार तेजाबी सुन प्रति तोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार यस्तो सुन प्रति तोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!