गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्ने सम्बन्धमा अध्यादेश ल्याइएको हो। त्यससम्बन्धी नियमावली स्वीकृत भई कार्यान्वयनमा आइसकेको मन्त्रालयको सूचनामा उल्लेख छ।

‘अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमति दिन सकिने भन्ने व्यवस्था रहेको छ’, सूचनामा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!