हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 825  पटक पढिएको

ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ।

गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार उनी १५-१६ दिनदेखि फरार थिए।

‘उनी दिनमै दुई-तीन ठाउँ फेर्दै लुकिरहेका थिए। हिजो चितवनबाट पक्राउ गर्‍यौं,’ ललितपुर प्रहरी स्रोतले भने।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!