हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 591  पटक पढिएको

मोरङ, चैत्र-२२ गते । मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो।

साथै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!