हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 513  पटक पढिएको

मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर, पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ ।

‘अहिले बढाररे बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षांैदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ । पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो। धर्मकाँटाभन्दा अझै उत्तरमा छ, पत्थर कोइलाको ठूलो डिपो र प्रशोधन कारखाना । यो कारखाना धर्मकाँटाकै नामबाट सञ्चालित छ । जब कारखानाको मेसिन चल्न थाल्छ, तब मेसिनबाट निस्किने धूवाँ र कोइलाका स–साना कणलाई हावाले स्थानीय बासिन्दाका घरघर पु¥याउँछ ।

कारखाना सञ्चालन गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । जसका लागि गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव लिनुपर्छ । तर कारखाना सञ्चालनअघि यी कुनै प्रक्रिया नपु¥याइएको स्थानीयको भनाइ छ । कोइला कारखाना आसपासका करिब एक सय घर प्रत्यक्ष र करिब तीन सय घर अप्रत्यक्ष रूपमा प्रदूषणको मारमा छन्। सम्बद्ध निकाय भने वर्षौंदेखि मौन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!