नेपाल वैश्य युवासंघ प्रदेश न- २ ले अाज भव्यताका साथ प्रदेश स्तरीय वैश्य सम्मेलन सम्पन्न गरेको छ । प्रदेश न-२ काे धनुषा जिल्लामा आयोजित प्रदेश स्तरीय वैश्य सम्मेलनमा मेची देखि महाकाली सम्मका प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुमि कृषि सहकारीका मन्त्री शैलेन्दर शाहले दिप प्रज्वलन गरि कार्यक्रमको उदधाटन गरेको थियो ।
सम्मेलनमा देशका विभिन्न भाग महेन्द्रनगर, बुटवल,बिरगंज, धनुषा, काठमाडौ, माेरंग, झापा,सुनसरी, सप्तरी, सिरहा,सर्लाहि, जनकपुर, भाेजपुर, धनकुटा, धरान,रुपन्देही, छिमेकी मुलुक भारतको बिहार सम्मकाे सहभागीता थियो ।
कार्यक्रममा माेरंगबाट नेपाल वैश्य युवासंघ माेरंग वरिस्ठ उपाध्यक्ष दिपेन्द्र स्वर्णकार , प्रेम राज गुप्ता, भाेला साह, ललन ठाकुर,संजय कुमार साेनि ,रामदेव साह(तेलि), नेपाल वैश्य युवा संघ बिराटनगर महानगर समितिका प्रेश सल्लाहकार रमेश ठाकुरकाे उपस्थिति रहेकाे थियाे।
नेपाल वैश्य युवा संघका केन्द्रीय अध्यक्ष दिपचन्द साहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।