हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 436  पटक पढिएको

मोरङ ।  झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउसो लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका ०४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!