कामाख्या परिवार महिला समूहले महिला स्वरोजगारको लागि पिपरा नगरपालिका वडा नं. ५ सहोडबाका विपन्न परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आत्मनिर्भर तथा महिला स्वरोजगारका लागि संस्थाले वडा नं. ५ की राजुदेवी महरालाई बाख्रापालनको लागि आर्थिक सहयोग गरेको हो । साथै सोही वडाका गरिब, विपन्न तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको हो । कामाख्या परिवार नेपाल जनकपुरधामकी सचिव ललिता लाभको नेतृत्वमा गएको टिमले सो सहयोग हस्तान्तरण गरेको हो ।
कर्याक्रमका प्रमुख अतिथीद्वय डीडीआई इन्डष्ट्रिजका महाप्रबन्धक राकेश रावल र करिशमा थापाले बाख्रापालनका लागि महरालाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमका विशिष्ठ अतिथी अनिष आर्यनले ती वडाका विपन्न परिवालाई अगामी दिनमा विशेष सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । आर्यान कैनाडामा कार्यरत छन् । कार्यक्रममा कामाख्या परिवार नेपालका अध्यक्ष डा. विभाष लाभ सहित हिरा अधिकारी, प्रतिमा मण्डल, भारत राउत समेतको उपस्थिती रहेको थियो ।