विवाह कानुन सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
शुक्रबार – लुक्ला नेपालले विराटनगर १८ को झटियाही टोलमा कानुन सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय दिव्य ज्योती विद्या मन्दिरमा सम्पन्न सो कार्यक्रममा विवाह सम्बन्धी कानुनी प्राबधानबारे चर्चा गरिएको हो ।
लुक्ला नेपाल विए एल एल वि मा अध्ययनरत विद्यार्थीहरुको साझा संस्था हो । यस संस्थाले “कानुनी जनचेतनामा कानुन संघको प्रतिबद्धता” भन्ने मुल नाराका साथ कनुन सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको संस्थाका अध्यक्ष शिवकुमार यादवले हिपमत डटकमलाई जानकारी दिए ।
कार्यक्रमका सहभागिहरुले सानै उमेरमा विवाह गर्नुको बेफाईदा यसबाट हुने शारिरिक तथा मानसिक असर, कानुनले तोकिएको उमेर र अन्य कानुनी प्रावधान बारे जानकारी गराएका थिए । सहभागीहरुले सभ्य समाज निर्माणको लागि बालविवाह जस्ता बिकृत अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी सोही वडाका का.बा.अध्यक्ष राजदेव यादब, विशिष्ठ अतिथी वडा सचिब शम्भु साह, दिव्य ज्योती विद्या मन्दिरका प्रधानध्यपक जितेन्द्र कुमार साह सहित कक्षा ८, ९, १० का छात्र–छात्रा र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।