हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 743  पटक पढिएको

जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले बताए ।

यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।
नरेशको शव बारेकोटको देउला खोलमा भेटिएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसएसपी ठकुरीले बताए । घटनास्थलमा प्रहरी निरिक्षक हेरम्बप्रसाद पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!