हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 1210  पटक पढिएको

काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् ।

डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले  बताए ।

सिंचाईका लागि बनाएको पोखरीमा बालक डुबेका हुन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!