हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 725  पटक पढिएको

साहित्यिक पत्रकार संघले आज २०७७ चैत १९ गते ३९ औं कथा दिवस मनायो । सो अवसरमा मैनाली कथा पुरस्कारद्वारा वरिष्ठ आख्यानकार विन्दया सुब्बा पुरस्कृत हुनु भयो । उहाँलाई नगद रु. एक लाख एक हजार एक सय एघारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

 

सोही कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिहको कथाकृति पद्मावती सिहको प्रतिनिधि कथाहरु” र वरिष्ठ आख्यानकार महेश प्रसाईंको कथाकृति – “एउटा कथाको पुनर्जन्म” को लोकार्पण पनि भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति गङगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के कर्माचार्य, पूर्व मन्त्री आर. के. मैनालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी सम्मानित कथाकार विन्दया सुब्बाको बारे समालोचक ज्ञानु अधिकारीले प्रकाश पार्नु भएको थियो ।

यसैगरी सम्मानित सर्जक विन्दया सुब्बा, अनेसासका केन्द्रीय उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत, वरिष्ठ आख्यानकार पद्मावती सिह, वरिष्ठ आख्यानकार महेश प्रसाईं, साहित्यिक पत्रकार संघका महासचिव पुष्पा खनालले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

वरिष्ठ कथाकार महेश प्रसाईले “पद्मावती सिहको प्रतिनिधि कथाहरु”माथि र डा. हरिप्रसाद सिलवालले महेश प्रसाईंको एउटा कथाको पुर्जन्म”का बारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कथाकारहरु किशोर पहाडी, ललिता दोषी, श्रीॐ श्रेष्ठ रोदन, शान्ति रिसाल, मन्जिला अनिल, निर्मल पराजुलीलगायतले आआफ्नो लघुकथाहरु वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!