काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिए।

“पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भने । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पु¥याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।

विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राईले फोहोरको समस्या समाधानका लागि प्रभावित स्थानीयवासीसँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रबार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!