हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 487  पटक पढिएको

विरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेका छन् ।

रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताउनुभयो । पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७ दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर रहेको छ ।

यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुलको निर्माण भइरहेको छ ।

सो खोलामा रहेका पुलको निर्माणकार्य सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेको सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत रहेको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्न बालीलाई समेत बजारीकरण गर्न सजिलो हुँदै जाने किसान विजय पण्डितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!