रंगेली । माेरङकाे रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेकाे भेटिएको छ । नेपाल सरकारकाे २० हजार ४ सय रुपैयाँ र नगरपालिका काे २० हजार रुपैयाँ अनुदान र कृषक ले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ । रंगेली नगरपालिकाकाे वडा नम्बर ६ आमताेलामा निर्माण भएको गाेवर ग्यास प्लान्ट सम्झौता मिति सम्पन्न भएको ९ महिना बितिसक्दा समेत गाेबर ग्यास प्लान्ट भने निर्माण सम्पन्न हुन सकेको छैन ।
सिद्दकाली गाेवर ग्यास प्रालि , मेचि गाेवर ग्यास र मेचि महाकाली गाेवर ग्यास ले नगरपालिका बाट २०७७ जेठ २१ गते सम्झौता भएको र साे काम २०७७ असार २५ गते ३५ दिनमा काम सम्पन्न गरि सक्नु पर्ने भएता पनि ९ महिना बितिसक्दा समेत साे काम पूरा हुन सकेको छैन । उक्त काम सिद्ध काली गाेवर ग्यासले सुरु गरेको थियो । कम्पनीले वडा नम्बर १ र ६ गरि १२ बटा गाेवर ग्यास प्लान्ट बनाउने जिम्मेवारी पाएकाे थियोे । तर बडा नम्बर ६ मा का राज कुमार मंण्डल, मनाेज मंण्डल, निकेश मंण्डल , जितेन्द्र मंण्डल काे घरमा साता दिन अगाडि मात्रै आएर ग्यासकाे पाईप जडान गरिदिएका छन् । सुर्य मंण्डल काे घरमा भने इन्ललेट र आउट लेट काे काम भने अधुरोै छाडेका छन् ।
उक्त कम्पनीले गाेवर ग्यासको ग्यारेन्टी फम भर्नु पर्ने भन्दै केही उपभोक्ताहरु संग २ हजार रुपैयाँ समेत रकम लिएको रिना देवि मंण्डलले बताईन । यसरी कामै सम्पन्न नभई कसरी भुक्तानी गर्नु भयो भन्ने बिषयमा रंगेली नगरपालिका कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी ले भने कामै सम्पन्न नभई रकमा निकासा भएको आफू ले स्वईकार गरेका छन । पुुुनः ठेक्केदार लाई उक्त काम गर्न लगाउने बताए ।
यसरी नगरपालिकाले कामै सम्पन्न नभएको र काम काे निरिक्षण नै नगरी रकम भुक्तानी गर्नु कति काे गैरजिम्मेवारी हाे त ? सिद्ध काली गाेवर ग्यास प्रालि का महा प्रवधक भए पनि आफू सामान्य कर्मचारी भएको उमेश वस्ति ले बताए । उनलेे भने उपभोक्ता काे कमजोरी र समयमै सामग्री हरु नजुटाएकाे हुनाले काम ढिलो भएको भन्दै पंच्छिन खाेजेका छन । पुनः रंगेली मा २० घर परिवार लाई गााेवर ग्यास थप गर्न पुनः सिद्ध काली कम्पनी लाई नै निर्मण गर्न दिन लागेको बुझिएको छ।