हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 635  पटक पढिएको

काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।
बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।
आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् ।

‘आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन्’ एसएसपी सिंहले भने–‘हामी थप अनुसन्धान गर्दै छौं ।’

लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको अनुसन्धानबाट थाहा भएको छ । आईएमई लुट्नेहरू लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!