हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 533  पटक पढिएको

काठमाडौँ उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ । भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ ।

काठमाडौँ उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक (एक्यूआई) घटेको छ । बाराको सिमरा, ललितपुरको भैँसेपाटी र भक्तपुरको सूचकांक २ सयभन्दा तल झरेको छ । यिनै ठाउँमा सूचकांक शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो ।

जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ । यो ३ सय नाघेपछि घातक मानिन्छ । एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धूवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!