पर्शुराम निरौला

बुधबार, चैत्र १८, २०७७ || 1278  पटक पढिएको

लेटाङ । पशुपालनका लागि सहज होस भनेर घाँस काटेर खुवाउने मेसिन (च्याप कटर) वितरण गरिएको छ । लेटाङ नगरपालिकाले यहि आर्थिक बर्षमा बार्षिक स्वीकृत बजेट अनुसार दोस्रो चौमासिक अवधिमा च्यापकटर मोटर सहित वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
विभिन्न कृषक तथा कृषक समुहरुलाई च्यापकटर दिईएको पशुसेवा शाखाका प्रमुख गणेश ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार १० जना कृषक तथा समुहलाई उक्त सामाग्री वितरण गरिएको हो ।
लेटाङ नगरपालिकाले आज वितरण गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले वितरण गर्नुभयो । सामाग्री वितरणको कार्यक्रममा आफ्ना भनाई राख्दै दाहालले जुन प्रयोजनका लागि मेसिन प्राप्त भएको छ त्यसलाई अधिकतम उपयोग गर्दै उच्च लाभ लिन अनुरोध गर्नुभयो । पशुपालन तथा कृषी पेशाका लागि हाल थुप्रै प्रविधिहरु आएको र यिनलाई किसानले लागु गर्न सके अत्यन्तै फाईदा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!