हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 709  पटक पढिएको

बर्दिबास : महोत्तरीको भंगहा–८ धर्मपुरबाट हराएका पाँच बालिकासहित सातजना सम्पर्कविहीन भेटिएका छन्। मंगलबार दिउँसो घाँस काट्न जाँदा हराएका उनीहरु भारतको सीतामढीमा बुधबार भेटिएको भंगहाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए। यद्यपी प्रहरीले भने महोत्तरीबाट हराएका किशोरीहरू भारतमा भेटिएको कुरा हालसम्म पुष्टि गरेको छैन।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान हराएका थिए।

महोत्तरीका एसपी दिनेश आचार्यले जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका थिए। बालिका र किशोरी सम्पर्कविहीन भएपछि अभिभावक चिन्तित बनेका छन्। उनीहरु घर नफर्किएपछि साँझबाटै प्रहरी र स्थानीयबासीले उनीहरुको खोजी कार्य जारी राखेका थिए। सभार :- अन्‍नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!