हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 719  पटक पढिएको

काठमाडौँको टोखा नगरपालिका–३ मेगासिटीस्थित ट्याङ्कीमा मृत फेला परेका कृष्ण घर्तीमगर शवको पोष्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमबाट उनको शरीरमा चोट पटक देखिएको छैन ।

भित्री र बाहिरी चोट नदेखिएको हुनाले ट्याङ्कीमा फाल्नुअघि उनलाई कसैले कुटपिट नगरेको प्रहरीको निष्कर्ष छ । शरिरमा भित्री चोट पनि देखिएको छैन । शव परिक्षणको लिखित रिपोर्ट आउन बाँकी छ । तर, चिकित्सकले अनुसन्धान अधिकृतहरुलाई ‘ड्राउनिङ’ कै कारण घर्तीमगरकाे ज्यान गएको बताएका छन् । प्यूठान घर भएका ४५ वर्षीय कृष्ण अत्यधिक मदिरा सेवन गर्थे । पोस्टमार्टमबाट विष खाएको पनि देखिएको छैन ।

घर्तीमगर शरीरभित्रको पानीको स्याम्पल र ट्याङ्की​को पानी परिक्षणका गर्न पठाइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । उनले भने, ‘ट्याङ्की​को पानी खाएको हो कि होइन भनेर परीक्षण हुँदै छ, रिपोर्ट आउन बाँकी छ ।’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा (नास्ट)मा पानीको नमुना परीक्षण हुँदैछ ।

१ महिनादेखि परिवारको सम्पर्कमा नगएका कृष्णको शव चैत १० मा पुष्पराज गुरुङको निर्माणाधिन घरको रिजर्भ ट्याङ्कीमा भेटिएको थियो ।

मिस्त्रीको काम गर्ने उनको परिवार काठमाडौं–२६ स्थित सरकारी धारामा बस्छन् । मदिराको लत लागेका कृष्ण दैनिक घरमा पनि नजाने गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!