हिपमत डटकम
भोपाल,२० माघ : भारतको मध्यप्रदेश राज्यको भोपालमा आइतबार एक युवक विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै रन–वे सम्म पुगेका छन् । २१ वर्षीय युवक योगेश त्रिपाठी सुरक्षा व्यवस्थालाई चुनौती दिँदै विमानस्थलको पार्किङ र रन–वेसम्म पुगेका हुन् । उनलाई सुरक्षा निकायले गिरफ्तार गरेको छ । स्थानीय समयानुसार अपराह्न करिब ५ बजेको समयमा रन–वेमा पुगेका उनले त्यसअघि पार्किङ क्षेत्रमा रहेको राधास्वागी सत्सङ्गको हेलिकप्टर ‘अगस्ता एडब्ल्यु–१३९’ मा तोडफोड गरेका थिए । उनले हेलिकप्टरमा ढुङ्गा हानेर सिसा फुटाएको र अगाडिको भागमा क्षति पु¥याएको बताइन्छ । लगत्तै उनी रन–वेमा पुगेर भोपालबाट उदयपुरतर्फ जान लागेको स्पाइस जेटको विमान अगाडि पुगे । रन–वेमा गुडिरहेको उक्त विमानको अगाडि ती युवक उभिएपछि पाइलटले आकस्मिक ब्रेकको मद्दतमा विमानलाई रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!