हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 781  पटक पढिएको

घाँस काट्न गएका महोत्तरीका बालिका र किशोरीहरू सम्पर्कविहीन भएका छन्।

उनीहरू सबै भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका हुन्।

उनीहरू १० वर्षदेखि १८ वर्ष उमेर समूहका छन्।

१० वर्षीया रंजना पासवान, सीमा पासवान, रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र नगिना पासवान सम्पर्कविहीन छन्।

उनीहरू मंगलबार अपरान्ह करिब ४ बजेतिर घाँस काट्न निसकेका थिए।

उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केको नगर प्रमुख सञ्जिवकुमार साहले बताए।

‘यसअघि पनि उनीहरू घाँस काट्न जान्थे तर समयमै घर फर्किन्थे,’ उनले भने, ‘राति ११ बजेसम्म फर्किएनन्, खोजी गरिरहेका छौं।’

नेपाल प्रहरीको सहयोगमा स्थानीयहरूले उनीहरूको खोजी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सम्पर्कविहीन रहेका बालिका/किशोरीहरूको खोजी गरिरहेको बताए।

‘प्रहरी परिचालन गरेर हिजोदेखि नै खोजी गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म फेला पारिएको छैन।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!