नेपाल वैश्य समाज बिराटनगरद्वारा होली मिलन समाहरो २०७७ कार्यक्रम बिराटनगरको शितल धर्मशालामा सम्पन्नको छ ।
गोपाल गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि बिराटनगरको पुर्व मेयर तथा यस समाजका सल्लाहकार प्रहलाद प्रसाद शाह रहेको थियो भने विशिष्ठ अतिथि बरिष्ठ समाजसेवी सियाराम रौनियार थियो । त्यसैगरी अतिथिहरुमा समाजसेवी महावीर रौनियार ,निवर्तमान अध्यक्ष रामचन्द्र शाह , उपाध्यक्ष रामेशवर शाह, उमेश भगत , नन्दलाल शाह, मंजु शाह, नागेन्द्र भगत, रामेशवर शाह,माहन कुमार रौनियार रहेको थियो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले भने कि यस्ता कार्यक्रमहरुबाट आपसी भाईचारा बढछन् र होली पर्व असत्य माथि जितको प्रतिकको रुपमा मनाउने गर्दछन् ।
कार्यक्रममा एक ले अर्कालाई अबिर लगाई सुभकामना आदान प्रदान गरेको थियो भने कार्यक्रममा नाच, गित , होलीको उपाधी , कबिता वाचन समेत भएको थियो ।
कार्यक्रमको संचालन नेपाल वैश्य समाजका केन्द्रीय उपाध्यक्ष दिनेश शाहले गरेको थियो ।