हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 494  पटक पढिएको

आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए।

यसअघि सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।

ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। गोरखामा त त्यस्तो समिति गठन नै भइसकेको छ।

आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!