हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 706  पटक पढिएको

जल तथा मौसम विज्ञान विभाग अन्तरगत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

भने, देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको छ । बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यसैगरी, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भूभागका केही स्थानमा भने राति मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्ल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!