हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 586  पटक पढिएको

काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको छ । कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । आइतवार काठमाडौंको महाँकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण शुरू गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डीप ट्युबवेल बन्द गरिने बताइएको छ ।

केयूकेएलले अहिले पनि डीप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल विस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करीब ५० डीप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डीप ट्युबवेलहरू बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।

बूढानीलकण्ठ, बाँसबारी क्षेत्रमा विष्णुुमतीको मुहानबाट पानी आउँछ । फर्पिङ, गोदावरी, चापागाउँमा पनि आन्तरिक मुहानबाटै पानीको भरथेग हुँदै आएको छ । यस्तै भक्तपुरमा बोडेको पानी पनि छ । बोडेको पानी जडीबुटी हुँदै मीनभवनको पानी ट्यांकीमा आउँछ । अहिले मेलम्चीको पानी आएपछि बोडेको सिस्टमलाई सोही स्थानबाटै बन्द गरेर भक्तपुर क्षेत्रमै वितरण गरिनेछ ।

आन्तरिक मुहान, सुन्दरी जल, डीप ट्युबवेलबाट पानीको भरथेग भइरहेकोमा मेलम्चीको पानी थपिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!