हिपमत डटकम

आइतबार, चैत्र १५, २०७७ || 957  पटक पढिएको

ओखलढुंगा । माथिल्लो सगरमाथाको तीन जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानीका लागी सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र मानेभन्ज्याङ गाउँपालिकाले संयुक्त रुपमा हर्कपुर सिमा नाकामा सिसी क्यामेरा जडान गरेको हो ।

सीमा नाकामा हुने अपराध नियन्त्रण र सुरक्षा व्यवस्थालाई थप कडाई गर्न सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । ओखलढुंगासहित खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्लाको प्रवेशद्धार हर्कपुर नाकामा हुन सक्ने आपराधिक घटना न्यूनिकरण गर्न सिसी क्यामेरा जडान गरिएको छ । क्यामेराबाट सडक दुर्घटना, अपराध, सीमा नाकाबाट हुने चोरी निकासीलाई हर्कपुर प्रहरी चौकीबाट प्रहरीले प्रत्यक्ष निगरानी गर्ने ओखलढुंगा प्रहरी प्रमुख, प्रहरी नायक उपरीक्षक गोविन्दराज काफ्लेले बताए । प्रहरी कार्यालयको प्रस्तावमा गाउँपालिकाले करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको लागतमा क्यामेरा तथा मनिटरको ब्यवस्थापन गरिदिएको हो ।

नाकामा सिसी क्यामेरा जडान पछि सडक सुरक्षा मात्रै नभएर अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् । क्यामेरा जडानपछि नाकाबाट हुनसक्ने सडक दुर्घटना तथा अन्य चोरी निकासीका घटनामा समेत कमी आउने स्थानीय शंकर श्रेष्ठले बताए ।

सडक सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मा नेपाल प्रहरीको मात्रै नभर यसको जिम्मेवारी आफुहरुको समेत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मोतीराज राईले दुई जिल्लाको सिमानाका आफ्नो स्थानीय तहभित्र परेकाले यसको सुरक्षा जिम्मेवारी आफुहरुको समेत भएको बताए ।

गाउँपालिकाले उपलव्ध गराएको सिसी क्यामेरा हलेसी सोलार मिनीग्रेड प्रालिले निशुल्क जडान गरिदिएको हो । सीमा नाकाका विभिन्न चार स्थानमा जडान गरिएको क्यामेरालाई बिग्रिएको अवस्थामा गाउँपालिकाले मर्मत गर्ने सर्तसहित जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरि सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!