हिपमत डटकम

आइतबार, चैत्र १५, २०७७ || 572  पटक पढिएको

सल्यानमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। अर्की एक महिला गम्भीर घाइते भएकी छन्।

शिद्धकुमाख गाउँपालिका- २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये चलाउनेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए।

अर्की गम्भीर घाइते बोहोरालाई श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबार राति नै बाँके रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

शनिबार बेलुकी ४ बजेतिर स्थानीय ५ जना महिला आफ्नो घर नजिकै घर लिप्ने माटो लिन भनेर गएको र माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले दुई महिलालाई गम्भीर चोट लागेको वलीले बताए।

थप तीन जना महिला भने माटो खन्नको लागि बाहिरै पालो कुरेर बसेको हुँदा उनीहरु भने सकुशल रहेको प्रहरीले जिल्ला प्रहरी प्रबक्ता वलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!